उर्लाबारी आगलागीमा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

 

विराटनगर । मोरङको उर्लाबारी आगलागी परी घाइते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएपछि मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी –७ का ४३ वर्षीय यादवको उपचारको क्रममा निधन भएको हो ।
यसअघि तपन पण्डित, कुमार दाहाल ,कुमार तामाङ र रुकुमबहादुर कार्कीको मृत्यु भएको थियो ।

Advertisement

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

कीर्तिपुर बर्न अस्पतालमा २० जना घाइतेहरू उपचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । जसमध्ये आइसियु कक्षमा २ जना उपचाररत रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु