५० ग्राम ब्राउन सुगरसहित बाँकेमा लागूऔषधसहित युवक पक्राउ

नेपालगन्ज — नेपालगन्जमा ५० ग्राम ब्राउन सुगरसहित दाङ घोराही–११ का २५ वर्षीय सञ्जय नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । भारतको रुपैडीहाबाट नेपालगन्ज आउँदै गरेका

 

Advertisement

नेपालीले जुत्तामा लागूऔषध लुकाएर ल्याएको अवस्थामा प्रहरीले शंका लागेर खोजी गर्ने क्रममा बरामद गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।
डीएसपी डाँगीले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको संयुक्त टोलीले नेपालीलाई सोमबार नियन्त्रणमा लिएको हो ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु