चिलिमे जलविद्युत् आयोजनाभित्र ६ जना फसेको आशंका, उद्धारको प्रयास जारी

काठमाडौ । नेपाल र भारतको संयुक्त टोली लेचिलिमे जलविद्युत् आयोजनाभित्र फसेका मानिसहरूको उद्धारको प्रयास गरिरहेको छ । तर पनि ठूला उपकरण लैजान सकिएको छैन । उद्धार कार्य सुरुङसम्म उद्धार टोली र उपकरण पुर्‍याउन सडक नभएकाले हेलिकप्टरबाट पालैपालो पुर्‍याइएको छ ।

शनिबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सुरुङको मुखसम्म पहुँच मार्ग बनाएर एक्स्काभेटरहरू लैजान प्रयास भइरहकेो बताएका थिए ।

Advertisement

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका उपप्रबन्धक विमल खड्कालले उद्धारको कार्य भइरहे पनि पर्याप्त हुन नसकेको बताए । उनले भने, १० गतेदेखि नै त्यहाँ हाम्रा साथीहरू फसिरहनु भएको छ । उहाँहरू पावरहाउसको कन्ट्रोल रुममा सुरक्षित हुनुहुन्छ भन्ने आशा छ । कन्ट्रोल रुम अलि सुरक्षित छ । उद्धारका लागि उपकरण र थप जनशक्ति परिचालन गर्न पाए छिटो सफल भइन्थ्यो ।

चिलिमे जलविद्युत आयोजनाको पावरहाउसभित्र ५ जना फसेको र एक जना स्थानीय कर्मचारी हराइरहेको आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु