काठमाडौं । पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीका एक इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित ‘गोल्डेन फिंगर गेमिङ जोन प्रालि’ नामको क्यासिनोबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
Advertisement
पक्राउ पर्ने नेपाली नागरिक तथा जनप्रतिनिधि/प्रहरी:
प्रदीप पौडेल: इन्स्पेक्टर (इलाका प्रहरी कार्यालय पोखरिया, पर्सा)
जसवन्त यादव (३६ वर्ष): अध्यक्ष (सखुवाप्रसौनी गाउँपालिका, पर्सा)
चन्दन सहनी (३० वर्ष): सखुवाप्रसौनी गाउँपालिका–६, पर्सा
ओम प्रकाश बैठा (३९ वर्ष): वीरगञ्ज महानगरपालिका–११, पर्सा
नेपालीलाई नियमविपरीत क्यासिनो छिराउने कर्मचारीहरू:
विजय कुमार पटेल (२८ वर्ष): वीरगञ्ज–१४
दिनेश कुमार पटेल (३१ वर्ष): वीरगञ्ज–२५
जयदेव साह (४९ वर्ष): पिपरा गाउँपालिका–५, महोत्तरी
प्रदेशी साह (५० वर्ष): वीरगञ्ज–१२
नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न प्रतिबन्ध भए पनि नियमविपरीत प्रवेश गराएर जुवा खेलाइएको अभियोगमा प्रहरीले उनीहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।








