भदौ २६ । चरैतिर हरियालि छ । यता थारु गाउँमा हरेरि पुजाको रौनक छ । गाउँ गाउँमा हरेरी पूजा धमाधम भैरहेको छ । खेतीपातीमा कुनै किसिमको हानी नोक्सानी नहोस् भनेर किसानहरु हरेक वर्ष साउन वा भदौ महिनामा हरेरी पुजा गर्ने गर्दछन् ।
वर्षा यामको खेतीपाती सकाएर बालीको सुरक्षाका लागि थारु समुदायमा हरेरी पुजा गर्नै पर्ने प्रचलन रहेको छ ।हरेरी पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पुजा गर्ने गर्छन् । गाउँका सबैले धान रोपि सकेपछि साउन वा भदौ महिनामा हरेरी पुजासामुहिक रुपमा हुने गर्छ । विशेषगरी थारु गाउँमा यो पूजा गरेपछि कुनै किसिमको खेतीमा रोग व्याधि नलाग्ने,खेती हरियो भैरहोस् भन्ने जनविश्वास रहेको छ ।
Advertisement
हरेरि पुजापछि नाच हुन्छ । यो पूजा नभएसम्म थारु गाउमा मादल बजाउन पाइदैन । यो पूजापछि मात्र थारु गाउमा नाचगान र मादल बजाउन पाइने प्रचलन रहेको छ । हरेरी पुजाको दिन थारु समुदायमा हरियो घासपात काटे अशुभ मानिने भएकोले यो दिन केहि कार्य पनि गरिदैन एक दिन आराम गर्ने दिनको रुपमा लिइन्छ।
किवदन्ती अनुसार प्राचीनकालमा महादेवले आफनो खेती हेरेर घर आउदैन्थे । घरमा पार्वती खानाका लागि पर्खदा पर्खदा थाकेर एकदिन महादेवलाई घर नआउनको कारण सोध्दा राम्रो खेती देखेर महादेवले घर आउन मन नलागेको बताएपछि पार्वतीले धानमा किरा लगाइन् र महादेवले आफनो टुनामन्तर गरेर रोग किरा हटाएको विश्वास थारु समाजमा छ ।









