राप्रपा महामन्त्री शरदराज पाठकले छाडे पार्टी

 

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्।

Advertisement

आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टी महामन्त्रीसहित सबै जिम्मेवारी परित्याग गरेको उल्लेख गरेका हुन्।

उनी रविन्द्र मिश्रसँगै एकताका क्रममा राप्रपामा समाहित भएका थिए। गत फागुनको चुनावलगत्तै मिश्रले पनि राप्रपा परित्याग गरिसकेका छन्। यसअघि महामन्त्री धवलशम्शेर राणाले पनि पार्टी परित्याग गरेका थिए।

राप्रपा परित्याग गर्दै पाठकले पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु