जाजरकोट भुकम्प: चिसोले तीन वर्षीया बालिकाको मृत्यु

 

काठमाडौ । जाजरकोटको कुशे गाउँपालिका –१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ।

Advertisement

चिसोका कारण उनलाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु