नेपालगन्ज — स्वास्थ्य कार्यालय बाँकेकोतथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जनामा एचआईभी संक्रमण देखिएको छ ।
Advertisement
आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ७ सय ४५ जनाको जाँच गर्दा १५७ जना संक्रमित फेला परेका थिए ।
स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन रवीन्द्रकुमार साहले भेरी अस्पतालमा ५ सय ५६ जनाले एआरटी खाइरहेको जानकारी दिए । तीमध्ये ४१२ जना बाँकेका हुन् भने अन्य जिल्ला बाहिरका संक्रमित रहेको साहले बताए ।
०७९/८० मा ६४ जना नयाँ संक्रमित फेला परेकोमा यो भन्दा अघिल्लो वर्ष भने ८४ जना फेला परेका थिए । एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले एचआईभी संक्रमणदरमा उल्लेख्य सुधार भएको सुनाए । भेरी अस्पतालका एड्स फोकल पर्सन डा.संकेत रिसालले एचआईभी/एड्सबारे जानकारी दिएका थिए ।









