जब्दिघाट पुल र बुटवल-नारायणघाट सडक निर्माणका लागि मन्त्री ज्वालाको ध्यानाकर्षण

काठमाडौं । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि धर्म बहादुर चौधरीले बुटवल नरायाणगढ सडक खण्ड निर्माणको काम तत्काल सम्पन्न गर्न संघिय भौतिक पुर्वाधार मन्त्रि प्रकाश ज्वालाको ध्यानकर्षण गराएकाछन् ।

उनले शुक्रबार दिउँसो मन्त्रालयमै पुगेर बुटवल नरायणगढ सडकखण्ड निर्माण सम्पन्न नहुदां सर्वसाधरणले सस्ती खेप्नु परेको सुनाए ।
बुटवल नरायणगढ सडक खण्ड निर्माणको जिम्म पाएको निर्माण कम्पनीले लामो समयदेखि ढिलाई गरेका कारण सर्वसाधरणलाई सस्ती खेप्नु परेको हो ।

Advertisement

लुम्बिनी प्रदेशका मन्त्रि चौधरीले ध्यानकर्षण गराएपछि संघिय मन्त्रि ज्वालाले आज भोलीमा आफै उक्त सडक स्थलगत अनुगमन गर्ने जनाए ।
उनले निर्माण कम्पनीलाई बुटवल नरायणगढ सडकखण्डको काम छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देशन दिईसकेको दाबी गरे । “बुटवल नरायणगढ सडकखण्ड बिजोगको बारे मलाई पनि जनानकारी छ, मन्त्रि जीले मेरो ध्यानकर्षण गराएपछि आफै फिल्डमा गएर अनुगमन गर्ने छु, मन्त्रि ज्वालाले भने समयमै काम नगरे कर्वाही गर्छु” लुम्बिनी प्रदेशका मन्त्रि चौधरीले संघिय सरकारबाट लुम्बिनी प्रदेश सरकारलाई दिएको बिकासका योजनाहरु समयमै सम्पन्न गर्न सहयोगी भुमिका खेलिदिन आग्रह गरे ।
संघिय मन्त्रि ज्वालाले लुम्बिनी प्रदेशमा रहेका संघिय सरकारका बिकासका योजनाहरु बारे समन्वय गर्न सुझव दिए ।

“ मन्त्रि जी तपाईका प्रदेशमा परेका बिकासका योजनाहरुलाई सम्पन्न गराउन मलाई पटक पटक जानकारी गराई रहनु मेरो पुर्ण समर्थन रहने छ उनले भने” ।

यसै बिच बर्दियाको जब्दी घाटको पुल निर्माणका लागि पनि ध्यानर्कषण गराइएको छ । मन्त्रि ज्वालाले जसरी भएपनि जब्दीघाटको पुल निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले भने अबको केही दिनमा नयाँ पुल निर्माणका लागि टेण्डर प्रक्रिया अगाडी बढ्ने छ । उक्त पुल निर्माणका लागि संघिय मन्त्रिको ध्यानकर्षण गराउन प्रदेश मन्त्रि चौधरीको नेतृत्वमा बर्दिया क्षेत्र नं. १ बाट गएको संघिय निर्वाचनमा उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य ठाकुर सिंह थारु सहितको टोली काठमण्डौ पुगेको छ ।

बर्दियाको गुलारिया र बारबर्दिया जोड्ने उक्त पुल २०७२ सालमा आएको बाढीले भासिएको थियो । २०७९ सालमा आएको बाढीले भासिएको केही भाग पुल बगाउदां आवतजावत्  ठप्प छ । स्थानीयहरु अहिले डुंगाबाट नदी वारपार गरी यात्र गर्न बाध्य छ्न ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु