बढैयाताल गाउँपालिका-८ बाट ब्राउनसुगरसहित २ जना पक्राउ

बर्दिया / बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २४ वर्षीय पदम सुनार र बर्दिया बढैयाताल गाउँपालिका-८ बस्ने २७ वर्षीय राज कुमार नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु