भेरी-बबई डाइभर्सन गुणस्तरमा कुनै सम्झौता गर्न हुन्न- अध्यक्ष ओली

 

काठमाडौं, मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरबको भेरी(बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्दै आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताएका छन्।

Advertisement

मंगलबार बिहान उनले आयोजनाको अवलोकन गर्दै काममा केही ढिलाइ भएको तर छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए।mअध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे ।

‘यो आयोजना कोभिडले गर्दा पनि ढिला भयो। तर त्योभन्दा बढी हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ,’ उनले भने, ‘यसलाई गति दिनुपर्छ, जे होस् काम भइरहेको छ यो सम्पन्न हुन्छ।’भेरी(बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु