बाँके, १९ मंसिर / राप्ती सोनारी गाउँपालिका-५ चाचरफर्कस्थित कन्याराज सामुदायिक वनमा सोमबार साँझ १ थान भरूवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको छ ।
सो वनमा भरूवा बन्दुक फेला परेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको छ ।
Advertisement
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









