बिद्यालय नआएको भन्दै शिक्षकले ९ वर्षीया विद्यार्थीलाई निर्घात कुटे

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ स्थित बर्दघाट कालिका इंग्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका छन् । यादवले लठ्ठीले पिटेर घाइते बनाएर बालिकाको शरीरभर निलडाम बसेको छ ।

शिक्षक यादवले पटक(पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको भन्दै विद्यालयबाट तुरुन्त बर्खास्त गर्नुपर्ने र कानुनी कारबाही गर्न स्थानीय अभिभावकले माग गरेका छन् । राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि निर्घात हुने गरी शिक्षकले पिटेको बालिकाकी आमा गन्जला राजभरले बताइन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजिकुमार आचार्यले कुटपिट गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए । कुटपिट गर्ने शिक्षक फरार छन् । विद्यालयका प्रिन्सिपल जितेन्द्रकुमार यादवले यस विषयमा जिज्ञासा राख्दा प्रतिक्रिया दिन मानेनन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु