विराटनगरको कवाडी गोदाममा आगलागी, एक जनाको मृत्यु, ४ जना घाइते

 

विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

Advertisement

दिउँसो २ः१५ बजेतिर भएको आगलागीमा परेर ५ जना घाइते भएका थिए । विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएका

व्यक्तिको पहिचान खुलेको छैन । घाइतेमध्ये अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् । आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु