आजकै दिन : चन्द्रमामा ‘लुना–२’ प्रक्षेपण

 

भाद्र २६,  काठमाडौँ — सन् १९५९ मा आजकै दिन (सेप्टेम्बर १२) मा सोभियत संघले ‘लुना–२’ रकेट चन्द्रमामा प्रक्षेपण गरेको थियो । यो चन्द्रमामा अवतरण गर्ने पहिलो मानव निर्मित वस्तु हो ।

Advertisement

सोभियत संघले चद्रमाको अध्ययन र अन्वेषण गर्ने उद्देश्यसहित लुना अभियान सुरु गरेको थियो । जसअन्तर्गत १९५९ को जनवरी २ मा ‘लुना–१’ प्रक्षेपण गरिएको थियो । तर चन्द्रमाको धरातलमा ठोक्काएर फोर्स ल्यान्डिङ गराउने सोभियत संघको योजना विफल भएको थियो ।

 

त्यसको केही ९ महिनापछि प्रक्षेपण गरिएको ‘लुना–२’ करिब ३६ घण्टापछि चन्द्रमामा अवतरण गरेको थियो । ३९० किलो तौलको एन्टेना राखिएको लुनाले रेडिएसन (विकिरण), चुम्बकीय क्षेत्र र चन्द्रमाका ढुंगा तथा खनिज जाँच्ने यन्त्र बोकेको जनाइएको थियो । तर अवतरणका क्रममा गति बढी भएका कारण लुनामा जडान गरिएका यन्त्र बिग्रिएर चन्द्रमाको सतहबारे अध्ययन गर्न नसकिएको बताइएको थियो ।

सोभियत संघले १९५९ कै अक्टोबर ४ मा लुना–३ यान पनि चन्द्रमामा पठाएको थियो । यसले चन्द्रमाको अँध्यारो भागको नक्सा पहिलो पटक खिचेर पठाएको थियो । उक्त सफलतापछि हौसिएको सोभियत संघले १९६१ मा अन्तरिक्षमा पहिलो पटक मानिस पठाउन सफल भएको थियो । उक्त व्यक्ति, २७ वर्षीय युरी गागरिन थिए । सोभियत संघसँग अन्तरिक्ष दौडमा रहेको अमेरिकाले भने १९६९ मा नील आर्मस्ट्रङ र एडविन बज एल्ड्रिनलाई चन्द्रमामा ओरालेको थियो ।  ईकान्तिपुर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु