बालिकालाई निघार्त कुटपीट गर्ने शिक्षकविरुद्ध प्रहरीमा मुद्दा

 

परासी — सरावल गाउँपालिका ७ स्थित बर्दघाट कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलका बालिकालाई कुटपीट गर्ने सहायक प्रधानाध्यापक निरञ्जन यादवलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ । बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार बालबालिका सम्बन्धी कसुरमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार विद्यार्थीलाई निलडाम बस्ने गरी निर्घात कुटपिट गरेर फरार रहेका शिक्षकलाई पक्राउ गरेर मुद्दा दायर गरिएको बताए । अभिभावकको जाहेरीको आधारमा शिक्षक यादवलाई प्रहरीले बालबालिकासम्बन्धि कसुरमा मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको हो ।

बालबालिका सम्बन्धी कसुरमा दोषी ठहर भएमा एक वर्षसम्म कैद र ५० हजार जरिवाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था छ । कक्षा एकमा अध्ययनरत ९ वर्षिय कञ्चना राजभरलाई यादवले बालिकाकालाई विद्यालय नआएको भन्दै घर र विद्यालयमा निर्घात कुटपिट गरेका थिए । घटनापछि स्थानीयले शिक्षकलाई कारबाही माग गर्दै विद्यालयमा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु