आगलागीबाट दुईतले घर जलेर ध्वस्त

 

काठमाडौं, रासस ।फुङलिङ नगरपालिका-६ उकालीपानीस्थित लाल बहादुर गुरूङको घरमा शनिबार बिहान आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

Advertisement

प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार आगलागीबारे बिहान साढे ७ बजे प्रहरीले सूचना पाएको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सबै मिलेर एक घन्टामा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिए।

आगलागीबाट गुरूङको दुईतले ढुंगामाटोले बनेको घर पूर्णरूपमा क्षति भएको र घरमा भएका खाद्यान्न र लत्ता कपडा पनि जलेर नष्ट भएको उनले बताए।

आगलागीबाट करिब ५ लाखको क्षति भएको छ।

विद्युत् सट भएर आगलागी भएको प्रहरी निरीक्षक लुङ्गेलीले बताए।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु