काठमाडौँ । काठमाडौंबाट ९ बजेर ३१ मिनेटमा सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ । तर विमान सकुशल अवतरण भएको छ ।
कलसाइन ९ एन एएलओ भएको जहाँको सिसा बाटोमा खसेको आशंका गरिएको छ । तर, पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए ।









