काठमाडौं, २५ मंसिर/ कैलाली, धनगढी उपमहानगरपालिका-२ डोके बजारबाट अवैध लागूऔषध ब्राउन
सुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी केआईसिंह गाउँपालिका-१ बस्ने २० वर्षीय निश्चल
शाही र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय मनोज रावल रहेका छन् । प्रहरी चौकी
त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त
पदार्थसहित पक्राउ गरेको हो ।
Advertisement
रूपन्देही, मायादेबी गाउँपालिका-१ यरैलीबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो
देखिने पदार्थ करिब ५ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश गुप्तालाई आइतबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र
ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ
गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









