बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूति सेवालाई थप व्यवस्थित गर्नका लागि स्थापना गरिएको छुट्टै ल्याब नमुना संकलन केन्द्रको आज औपचारिक समुद्घाटन भएको छ । अस्पतालका महिला प्रसूति रोग विशेषज्ञ डा. भक्तवत्सल रावतले उदघाटन गर्दै सेवाग्राहीलाई सहज सेवा र उपचारमा सहयोग पुग्ने अपेक्षा गरे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले सेवालाई गुणस्तरीय बनाउनुका आफूहरू लागि रहेको बताए । उनले पछिल्लो समय अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दै गएको दाबी गर्दै सो अनुसारको भौतिक संरचना नहुँदा केही समस्या भएको गुनासो गरे ।
अस्पतालले सेवालाई सहज बनाउनका लागि हालै मधुमेह रोगको ल्याब परीक्षणका लागि समेत छुट्टै क्लिनिक सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरमा मधुमेहका बिरामीले बिहान ७ बजे देखिनै सेवा लिन मिल्ने व्यवस्था रहेको छ ।









