विराटनगर । नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर अघि बढेको छ। कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बावजुद संकल्प यात्राको टोली अघि बढेको हो । मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई प्रवेश निषेध गर्ने भन्दै आन्दोलनकारीले अवरोध सिर्जना गर्न खोजिरहेका छन्।
उदयपुरको हर्कपुरमा आमसभा गर्ने र अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रमलाई लक्ष्य गरी प्रदेश १ पुनः नामंकन संयुक्त संघर्ष समितिले बन्द आह्वान गरेको छ।
Advertisement








