आइपिएल २०२४ को अक्सन सूचीमा एसोसिएट देशका दुई खेलाडी मात्र

 

काठमाडौं । एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियन ट्राभिस हेड, प्याट कमिन्स र मिचेल स्टार्क आइपिएल २०२४ को अक्सन सूचीमा समावेश भएका छन्।
सेतोपार्टीका अनुसार डिसेम्बर १९ मा दुबईमा हुने अक्सनमा न्युजिल्यान्डका रचिन रविन्द्र पनि समावेश छन्। उनको न्यूनतम मूल्य ५० लाख भारु रहेको छ।

Advertisement

११६६ खेलाडीको प्रारम्भिक सूचीबाट अक्सनका लागि ३३३ खेलाडीलाई समावेश गरिएको छ। प्रारम्भिक सूचीमा नेपालका खेलाडी भए पनि अक्सन सूचीमा नेपाली खेलाडी समावेश छैनन्।

अक्सन सूचीमा ११९ विदेशी खेलाडीहरू छन्, जसमा दुई एसोसिएट टिमका खेलाडी मात्र पर्न सफल भएका छन्।

नेदरल्याण्ड्सका फास्ट बलर पल भान मिकरेन र नामिबियाका अलराउन्डर डेभिड विसे आइपिएल २०२४ को अक्सन सूचीमा परेका खेलाडी हुन्।

भारतका शार्दुल ठाकुर, हर्षल पटेल, मनिष पाण्डे र उमेश यादव पनि यसपटक अक्सनबाट टिममा छनोट हुनका लागि अक्सन सूचीमा छन्।

ीबहmष् दबलप
अक्सन क्याप्ड खेलाडीहरूबाट सुरु हुनेछ। जसमा ब्याट्सम्यानको सुरुमा हुनेछ, त्यसपछि सूचीबद्ध क्रममा अलराउन्डर, विकेटकिपर, फास्ट बलर र स्पिनरको अक्सन हुनेछ। अनक्याप खेलाडीहरूको लागि पनि यही क्रम लागू हुनेछ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु