उदयपुर । नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानका नेता तथा पुर्ब मन्त्री गोपाल किरातीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई केहीबेर अघि प्रहरीले पक्राउ गरेको छ। नेता किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले जनाएका छन् ।
किरातीसहित राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको यायोक्खाले जनाएको छ।
Advertisement
कोशी प्रदेशका प्रहरीकाले भने ‘पूर्व मन्त्रीज्यूलाई पक्राउ नगरी नियन्त्रणमा लिइएको जनाएको छ । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर आइरहेको छ। आन्दोलनकारीले मध्यपहाडी लोकमार्गको ठाउँ(ठाउँमा रूख ढालेर अवरोध गरेका छन्।
मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई प्रवेश निषेध गर्ने भन्दै आन्दोलनकारीले अवरोध सृजना गर्न खोजिरहेका छन्।
ओखलढुंगाको हर्कपुरमा आमसभा गर्ने र अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रमलाई लक्ष्य गरी प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बन्द आह्वान गरेको छ।









