द्धन्द्धका बेला बर्दियाबाट बेपत्ता पारिएको सम्झनामा बारबर्दियामा स्तम्भ निमार्ण

 

बर्दिया —द्वन्द्वकालमा तात्कालीन सुरक्षाफौज र माओवादीबाट बेपत्ता पारिएका २ सय ५८ जनाको सम्झनामा बारबर्दिया नगरपालिका१०स्थित कुम्भर अड्डाको ३५ हेक्टर क्षेत्रफलमा सशस्त्र द्वन्द्वका समयम बेपत्ता पारिएकाको सम्झनामा स्तम्भ निर्माण गरिएको छ ।

Advertisement

बर्दियाका आठैवटा पालिकाको नाममा पार्क निर्माण गरिएको हो। २०५२ साल फागुन १ गतेदेखि ०६३ साल मंसिर ५ गतेसम्म द्वन्द्वका समयमा बेपत्ता पारिएकाको सम्झनामा पार्क निर्माण गरिएको स्मृति पार्कका अध्यक्ष निरञ्जनकुमार चौधरीले बताए ।

स्मृति स्तम्भ निर्माण भए पनि पार्कलगायत अन्य काम करिब ७० प्रतिशत काम हुन बाँकी रहेको उनले बताए । बेपत्ता पारिएका व्यक्तिले प्रयोग गरेका सामान संग्रहालयमा राख्न थालिएको पनि उनको भनाइ छ । पार्कमा फिकनिकस्थसमेत निर्माण भएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु