कर नीतिलाई कार्यान्वयन गर्न माग गर्दै बाँके, बर्दियाका व्यवसायी आन्दोलित

 

नेपालगन्ज — बैंकको सास्ती रोक्न, सरकारले भन्सार नीतिलाई राज्यका सबै संयन्त्र परिचालन गरी भन्सारबाट आयात तथा निर्यात हुने सबै सामग्रीमा कर नीतिलाई नीतिगत तहमै कडा रुपले कार्यान्वयन गर्न माग गर्दै बाँके र बर्दियाका व्यापारी सम्मिलित व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले पुसदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ ।

Advertisement

संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरेर पुस ५ गते नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय, भन्सार कार्यालय, वाणिज्य बैंकहरुसँग सरोकारवाला संघ, संस्था र व्यवसायीका बीचमा ुटक सोु गर्ने, पुस ७ गते नेपालगन्जको राष्ट्र बैंक अगाडि धम्बोझीचोकमा बृहत् व्यावसायिक आमसभा गर्ने, पुस ७ गते नै कोहलपुर, बर्दियाको बाँसगढी र गुलरियामा बृहत् व्यावसायिक कोणसभा गर्नेलगायत कार्यक्रम सार्वजनिक गरेको छ ।

संघर्ष समितिले यसअघि राष्ट्र बैंक, प्रधानमन्त्री तथा गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो । संघर्ष समितिका संयोजक टंकबहादुर धामी र सदस्य सचिव भीमबहादुर रानाभाटले पुस महिनाभरि नै कुनै सुनुवाइ नभए उद्योगी व्यवसायी बाध्य भएर आ–आफनो उद्योग, व्यवसायमा ताला लगाई कठोर आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु