लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ ।जल तथा मौसम पूर्वाद्धोग महाशाखाका अनुसार देशमा हाल मनसुनी वायुको प्रभाव कायम छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती र गण्डकीका तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ।

भारी वर्षाको जोखिम: कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्र, साथै लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिको अवस्था: देशभर बदली रही कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्छ।

Advertisement

गण्डकी, बागमती, कोशी, कर्णाली र लुम्बिनी प्रदेशका वर्षा सम्भावित क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु