सुनका गहनासहित नेपालगन्जबाट एक भारतीय पक्राउ

 

नेपालगन्ज — जिल्ला प्रहरी कार्यालय बोँकेले भारत लैजादै गरेको सुनसहित भारत बाबागन्जका बबलु भन्ने सञ्जयमार सोनीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार सोनीलाई गणेशमान चोकबाट जमुनाहतर्फ जाँदै गर्दा गरगहनासहित पक्राउ गरेको हो ।

Advertisement

बरामद भएका सुनका गरगहनाको तौल २० ग्राम रहेको छ । डीएसपी डाँगीका अनुसार नथिया ठूलो(सानो १० थान ,लकेट १ थान कानमा लगाउने झाला ४ थान र औंठी १ थान बरामद गरिएको छ । बरामद भएको सुनका गरगहनाको बजार मूल्य ६ लाख ७८ हजार १ सय ५८ रूपैयाँ रहेको बताइएको छ ।

बरामद भएका सुनका गरगहनासहित सोनीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु