कोहलपुरमा फुटबल एकेडेमी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने नेम्वाङको प्रतिबद्धता

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले कोहलपुर २ तेह्र विगाहमा फुटबल एकेडेमी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
बिहिवार कोहलपुर नगरपालिकामा रहेको फुटबल एकेडेमीको स्थलगत अनुगमन गरी सो कुरा बताउनु भएको हो ।             स्थलगत अनुगमनका क्रममा बोल्दै रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले फुटबल एकेडेमी बनाउन डिपिआर तयार रहेकोले बजेटको अभावका कारणले काम अगाडी बढाउन नसकेको भन्दै बजेटको व्यवस्थापन गरिदिनका लागि अनुराध गरे ।

स्थलगत अनुगमनका क्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले फुटबल एकेडेमी बनाउन १ करोड बजेटको व्यवस्थापन गर्ने बताए ।

Advertisement

स्थलगत अनुगमनमा उपाध्यक्ष दावा लामा,एन्फाका लुम्बिनी प्रदेश उपाध्यक्ष सुर्यमणि अधिकारी ,नेपाली काँग्रेसका जिल्ला सभापति नारायण गौडेल, कोहलपुर १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, २ का वडा अध्यक्ष हरि कठायत, फुटबल प्रशिक्षक जनक केसी लगायत रेसिङ्ग साहारा क्लबका पदाअधिकारीहरु सहितको टोली सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु