आजपाको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

बुटवल । एमालेबाट प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा प्रबेश गरेका नारायण प्रसाद पाण्डे लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा चयन भएका छन् ।
आजपाको बागमती प्रदेश कमिटीको बैठकका क्रममा पार्टी प्रवेश गरेका उनलाई अध्यक्ष साहले पार्टीमा स्वागत गरेका थिए ।
उनै पाण्डेलाई आजपाले प्रदेश अध्यक्ष चयन गर्दै प्रदेश कमिटी गठन गरेको छ ।

प्रदेश कमिटीको इन्चार्ज सुमिना हुसेनाई तोकिएको छ भने सहइन्चार्जमा प्रमानन्द वर्मा र विक्रम चौधरी रहेका छन् । यसैगरी प्रदेश सचिवमा आशा सञ्जेललाई चयन गरिएको सो पार्टीका महासचिव उमेश साहले जानकारी दिए ।
आजपाले देशमा जनताको शासन व्यवस्था स्थापना गर्नुपर्ने भन्दै आफ्नो राजनीतिक अभियान सञ्चालन गर्दै आएको छ । जसअनुसार भ्रष्टाचार, बेथिति, पुँजीपलायत लगायतका विषयमा सशक्त आवाज उठाउँदै आएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु