बाँके — सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वार्टर बाँकेले बिहीबार झन्डै ३२ लाख रुपैयाँबराबरको सामान बरामद गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–५ बस्ने ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको छ ।
Advertisement
खजुरा गाउँपालिका–६ स्थित सिमलघारीमा चेकिङका क्रममा बरामद भएका सामानमा झन्डै १४ लाख रुपैयाँबराबरको कपडा, ५ लाख रुपैयाँबराबरको काँस पित्तलका भाँडा र मूर्ति तथा सजावटका सामान रहेका छन् ।









