सवारी ज्यान मुद्दाको फरार खजुराका जोलाह पक्राउ

बाँके । सवारी ज्यान मुद्दामा फरार रहेका जिल्ला बाँके खजुरा गाउँपालिका वडा न. ५ उढारापुर बस्ने वर्ष २८ को अब्दुल रहमान जोलाहलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके जिल्ला अदालतले मिति २०७९।०८।२० गतेको फैसलाले जोलाहलाई सवारी ज्यान मुद्दमा २ वर्ष कैद सजाय तोकेको थियो । उनी हाल सम्म फरार रहेको हुँदा बाँके प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८०।०८।२९ गते पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु