बोका चोरेको आरोपमा २ जना पक्राउ

२ पुस, गुल्मी ।  बोका चोरेको आरोपमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका ५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन् ।
सोधपुछका क्रममा उनीहरूले बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको खुलेको छ । पक्राउ परेका दुवै जनालाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु