बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

 

 

Advertisement

धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका(११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् ।

बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका(२ की ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

 

मोटरसाइकल चालक भागरथीका श्रीमान् ४० वर्षीय शिवराज अवस्थी घाइते भएका छन् ।

चालकलाई बससहित इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु