बाजुरा/ मालिका नगरपालिका-२ खडिगाडमा २ वटा ट्याक्टर आपसमा ठोक्किएर
शनिबार साँझ दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मार्तडीबाट गौमुल गाउँपालिकातर्फ
गइरहेको सु.प.प्रदेश ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरलाई लु.४ त ७३०५ नम्बरको
ट्याक्टरले ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुवै
ट्याक्टरले सिमेन्ट सरिया बोकेको थिए ।
Advertisement
दुर्घटनामा मृत्यु हुनेहरूमा लु.४ त ७३०५ नम्बरको ट्याक्टर चालक बाजुरा गौमुल
गाउँपालिका-६ बस्ने २६ वर्षिय हिक्मत रोकाया, सोही ट्याक्टरमा सवार बडिमालिका
नगरपालिका-१ बस्ने ४५ वर्षीय चन्द्र दानी, २३ वर्षीय किट्टी रोकाया र ४१ वर्षीय देवराज
जोशी रहेका छन् । हाल फरार सु.प.प्रदेश ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरका
चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









