गुल्मीमा १० दिनअघि हराएका दृष्टिबिहिन बालक जंगलमा मृत भेटिए

 

 

Advertisement

गुल्मी । १० दिनदेखि हराइरहेको गुल्मी चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

मंसिर २२ गते घरबाट हराएका बालकलाई खोज्ने क्रममा घर नजिकैको गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए ।

 

बालक जंगलमा मृत फेला परे पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेसहितको टोली घटनास्थलतर्फ गएको छ ।

बालकको घर नजिकै जंगल रहेको प्रहरीले जनाएको छ । बालक दृष्टिविहीन रहेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु