लुम्बिनी प्रदेशसभाको विषयगत समितिका सभापतिको निर्वाचन तोकियो

बुटवल । लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका लागि पुस १६ गते उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकिएको छ ।का्लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा लुम्बिनीमा ६ वटा विषयगत समिति भएको उल्लेख छ । समितिको सदस्य मनोनयन भए पनि सभापति चयन लामो सययसम्म भएका थिएनन् ।

जसअनुसार अब सार्वजनिक लेखा समिति ,कृषि, वन तथा वातावरण, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार विकास समिति, सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापतिको निर्वाचन हुने छ । लुम्बिनी प्रदेशमा दुई वटा सरकार गठन भइसकेपनि प्रदेश सभाको संसदीय समिति सभापति चयन हुन नसक्दा आलोचना समेत हुँदै आएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु