बुटवलमा बैङ्कका कर्मचारी झुन्डिएको अवस्थामा फेला

 

बुटवल । बुटवलको साइन रेसुङ्गा बैङ्कमा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेका छन् । फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषय अनुसन्धान सुरु गरेको जनाएको छ । लामो समयदेखि बैङ्किङ क्षेत्रमा कार्यरत शर्मा हाल बुटवलको ट्राफिक चोक स्थित साइन रेसुङ्गा बैङ्कको कर्जा शाखामा कार्यरत रहेको जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु