पश्चिमोत्तर चीनमा विनाशकारी भूकम्प, १०० जनाभन्दा बढीको मृत्यु

बीबीसी । पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा ११८ जनाको मृत्यु हुनुका साथै २०० जनाभन्दा बढी मानिस घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यहाँ र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ।

Advertisement

उद्धारकर्ताहरूले क्षतिग्रस्त भवनका भग्नावशेषमा खोजी गरिरहेका छन्। मृतककको सङ्ख्या बढ्ने ठानिएको छ।

कठ्याङ्ग्रिदो जाडोका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको छ।

गान्सुमा ठूलो भूकम्प गएको केही घण्टापछि शिन्जियाङ प्रान्तमा पनि दोस्रो झट्का महसुस गरिएको थियो।

तर ५.५ म्याग्निट्यूडको उक्त भूकम्पले पुर्‍याएको क्षतिबारे स्पष्ट जानकारी प्राप्त भएको छैन।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले उद्धारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु