दाङ — घोराहीका एक कानुन व्यवसायीलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेकोआरोप लागेका तीन महिलालाई जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मंगलबार उक्त आदेश दिएको हो ।
Advertisement
घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापालाई डेढ वर्ष कैद र १५ हजार रुपैयाँ तथा ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई डेढ वर्ष कैदसँगै १०/१० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।
उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।









