चोरी गरेको आरोपमा पृथ्वीचन्द्र अस्पतालका सुरक्षा गार्ड पक्राउ

 

पश्चिम नवलपरासी — पश्चिम नवलपरासी पृथ्वीचन्द्र अस्पतालको सुरक्षार्थ खटिएका पाल्हिनन्दन गाउँपालिका–६ का राजु हरिजनलाई अस्पतालको रकम चोरी गरेको आरोपमा पक्राउ गरेर मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
सोमबार राति ११ बजे अस्पतालका अस्पतालको टिकट काउन्टरबाट २ लाख ११ हजार रुपैयाँ चोरी भएको थियो । चोरी के कसरी भयो भन्ने विषयमा अनुसन्धान हुँदा सीसीटीभी फुटेजमा अस्पतालकै सुरक्षा गार्डले रकम झिकेको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।

Advertisement

सीसीटीभी फुटेजमा अस्पतालको सुरक्षार्थ खटिएका व्यक्तिले रकम चोरी गरेको देखिएको र निजको साथबाट २ हजार ६ सय ४० रुपैयाँ रकम समेत बरामद भएको प्रहरीले जनाएको छ । आरोपित हरिजन विगत ९ महिनादेखि अस्पतालको सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए । हरिजनलाई प्रहरीले चोरी तथा लुटपाटमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु