भूकम्पपीडितका लागी राहत बोकेको ट्याक्टर दुर्घटनाः ५ जनाको मृत्यु, ९ घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ८ मा रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका ९, राडी बजार बाट वडा नं ८ घर्तीगाउँतर्फ भूकम्पपीडितका लागी राहत तथा घर निर्माण सामग्री लिएर जाँदै गरेको वडा नं १० तिरिकोटमा गए राति १० बजे दुर्घटना भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार ज्यान गुमाउनेहरूमा आठबिसकोट १० का ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकी चाही, ५२ वर्षीय भद्र सार्की, आठबिसकोट ८ का ४८ वर्षीय धनराम सार्की तथा सोही स्थानकी ४७ वर्षीया निर्मला सार्की रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका ९ जनाको अवस्था खतरामुक्त रहेको र उनीहरूको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको पनि प्रहरी निरीक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु