नेपालगन्ज कारागारका कैदीबन्दीलाई मनोसामाजिक परामर्श

 

नेपालगन्ज— सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जले जिल्ला कारागार बाँकेमा रहेका कैदीबन्दीहरुलाई निःशुल्क कानुनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, उद्यमशिलता, उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिन सुरु गरेको छ । सामुदायिक सेवा केन्द्रका अनुसार अब कैदीबन्दीलाई नियमित रुपमा मनोसामाजिक परामर्श दिइनेछ ।

Advertisement

ुउनीहरुको आवश्यकता, कौशलताका आधारमा सिर्जनात्मक बनाउने हाम्रो अभियान हो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आफू भित्रको आवेगलाई नियन्त्रण गर्न सकेमा जस्तोसुकै तनावलाई व्यवस्थापन गर्न सकिने बताए । उनले तनावलाई व्यवस्थापन गर्न सकेमात्र सिर्जनात्मक बन्न उत्प्रेरणा मिल्ने धारणा राखे ।

जिल्ला कारागार बाँकेमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । कार्यालयका अनुसार ३ सय ५० जनाको क्षमता रहेको कारागारमा बिहीबारसम्म कैदी बन्दीको संख्या ९ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु