भद्रपुर । वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्धार गरिदिन सरकारले पहल नगरेको भन्दै भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेकी खातुललाई प्रहरीले उद्दार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उनको श्रीमान् विदेशमा समस्या रहेको भन्र्द उद्धार गरिदिन भन्दै हिँडिरहेकी थिईन ।
भद्रपुर नगरपालिका–८, फुलबारी टोल बस्ने खातुलका श्रीमान् अकवर २८ असोजमा दुबई गएका थिए । त्यहाँ उनलाई ११२० दिराम मासिक तलब दिएर फिनिसिङ कार्पेन्टरको काम लगाउने भनिएपनि फरक काममा लगाइएको थियो ।









