बर्दिया, २०८० पुष ६ शुक्रबार
बर्दियाको बढैयाताल गाउँपालिका ९ मुक्त कमैया बस्तीका स्थानीयसंग लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले भेटघाट गरी स्थानीय समस्याबारे छलफल गर्नु भएको छ । मन्त्रिसंगको भेटघाट कार्यक्रममा स्थानीयहरुले बाटोघाटो, पुल, कल्भर्ट, शिक्षा, खानेपानी, नदी कटानसंगै भुमिहिनको समस्या दर्शएका थिए ।
Advertisement
स्थानीय टेशनपुरका बरघर कान्छु थारुले भने, यो वडा नम्बर ९ को टेशनपुर, शक्ति नगर, जनतानगर, बिकास नगरमा मुक्त कमैयाको मात्रै बसोबास छ । यहाँ बषौ देखि बसोबास गर्दै आएका मुक्त कमैयाहरु जग्गाको लालपुर्जा पाउन नसकेको बताए । उनले भने, राज्यको आँख मुक्त कमैया बस्तीमा पुग्न नसक्दा मुहार फेर्न सकेको छैन । अहिले मुक्त कमैया बस्तीमा न्युनतम भौतिक पुर्वाधार समेत नरहेको उनले गुनासो गरे ।

स्थानीय रामलाल थारुले शक्तिनगर जाने ग्याङ्ग नदीमा निर्माण भैरहेको पुलको काम ढिलाई हुदां निकै सस्ती भोग्नु परेको पिडा मन्त्रि चौधरीसमक्ष दर्शएका थिए । साथै ग्याङ्ग नदीको कटानले पनि आफुहरुलाई पीडित बनाएको स्थानीयहरुले बताएका थिए । मन्त्रि चौधरीले ग्याङ्ग नदीको कटानको अनुगमन समेत गरेका थिए ।
स्थानीय हरि कृष्ण थारुले भने ग्याङ्ग नदीले करिब एक बिगहा जग्गा कटान गर्दा ५ घर परिवार बिस्थिपित भएको बताए । स्थानीयहरुको समस्याबारे जानकारी लिर्दै मन्त्रि चौधरीले समयमा पुल निर्माण गर्न र नदी कटानको समस्या रोक्नका लागि सम्बन्धित कार्यालयका प्रमुखहरुलाई फोन मार्पmत काम गर्न निर्देशन दिएका थिए । मन्त्रि चौधरीले भने चालु अर्थिक बर्षमा नै नदीमा तत्बन्धनको काम शुरुवात हुने छ र आप्mनो कार्यकालमा धेरै नभएपनि केही सडक कालोपत्रे गर्ने आश्वासन समेत स्थानीयलाई दिए । यस्तै नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य ठाकुर सिंह थारुले स्थानीयहरुले राखेको भुमिहिनसम्बन्धि समस्याबारे सहजीकरणका लागि सहयोग गर्ने बताएका थिए । स्थानीयहरुहरुलाई भुमि आयोगको लालपुर्जा बितरणबारे समेत उनले प्रष्ट पारेका थिए ।

स्थानीयहरुको संग भेटघाटको क्रममा मन्त्रि चौधरीले गुलारिया नगरपालिका ११ जोशिपुरमा समेत स्थानीयहरुसंग छलफल गरेकाछन् । स्थानीय बिसराम थारुले आफुहरुको गाउँको सडक बर्षो देखि सडक पिच हुन नसकेकाले पिच गरिदिनका लागि माग गरेका थिए । स्थानीयहरुसंगको छलफलमा मन्त्रि चौधरीले बर्दिया पछाडि परेको जिल्ला भएकाले पश्चिमबाट बिकास शुरु भएको बताए थिए । क्रमिक रुपमा बिकास हुदै जाने उनले बताए । कार्यक्रममा नगरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सदस्य प्रशुराम थारु, बढैयाताल गाउँ कमिटीका अध्यक्ष लल्लु राम थारु लगायत् पार्टीका कार्यकर्ता तथा स्थानीयहरुको उल्लेख्यमात्रमा सहभागिता थियो ।









