प्रथम किशोर सिंह राठौर यु–१६ कपक्रिकेट शनिबार देखि नेपालगन्जमा सुरु भएको छ ।
नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालगन्ज मोडेल एकेडेमीले ब्राइटल्यान्ड स्कुललाई ५५ रनले हराएको छ ।
सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेल एकेडेमीले १८ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि विकास कटवालले सर्वाधिक २२ रन, निश्चलपुन मगरले २१ रन, रोजिन पुन मगरले १९ रन, विवेक पुन मगरले १८ रन र प्रज्वलविष्टले अविजित ९ रन बनाए ।
ब्राइटल्यान्डका शुभम बर्माले ३ विकेट, सार्थक सुनार र प्रसिद्ध केसीले २–२ विकेट लिए । जवाफमा ब्राइटल्यान्डले १५.५ ओभरमा १० विकेटको नोक्सानीमा ९८ रनमात्र बनाउन सक्यो । ब्राइटल्यान्डका ब्याटसम्यान नैतिक गुप्ताले २६ रन र सार्थक दवाडीले १५ रन जोडे ।
Advertisement
नेपालगन्ज मोडेलका सुमित विष्टले सर्वाधिक ४ विकेट लिए । प्रज्वल विष्ट र निश्चल पुन मगरले २–२ विकेटलिए । खेलमा नेपालगन्ज मोडेलका सुमित विष्ट म्यानअफ द म्याच घोषित भए । विष्टलाई एन्फाका प्रदेश उपाध्यक्ष सूर्यमणि अधिकारीले ट्रफि प्रदान गर्नुभयो ।
उद्घाटन खेल अघि संघीय सासद एवम् नेपालीकांग्रेस सह–महामन्त्रीकिशोर सिंह राठौरले प्रतियोगिताको उद्घाटन गरेकाथिए ।
ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १७टिमले सहभागिता जनाएकाछन् ।
आयोजक ज्योति स्पोर्टस एकेडेमीक ाअध्यक्ष सिद्धान्त जंगशाहीका अनुसार
प्रतियोगिताको समुह ‘ए’माजिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रामावि, श्रीचन्द्र मेवालाल, बागेश्वरी एकेडेमी कोहलपुर र मंगल प्रसाद उच्च मावि रहेकाछन् ।
यसैगरी समुह ‘बी’मासिद्धार्थ विद्या सदन, जय बागेश्वरी, ब्राइटल्यान्ड, नेपालगन्जमोडेल एकेडेमी, पशुपतिहाईस्कुल,
आदर्श, मोर्डन, महेन्द्र र आइडियलपब्लिक स्कुल रहेकाछन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमाविभाजन गरेर नकआउटको आधारमाप्रतिस्पर्धा गराउने तयारी गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्टवलर, उत्कृष्टफिल्डर, उत्कृष्टब्याटसम्यानले समान ५ हजार रुपैयाँपाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार पाउनेछ ।
प्रतियोगिताअन्तर्गत आज ड्रिमल्यान्डहाइस्कुल राझाँ र नेपाल सेन्टजेभिर्यस हाइस्कुलबिचहुनेछ ।









