धरानका उपमेयरको घरमा तोडफोड

 

विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाका   कान्छा भाइ बिष्णुलाई आक्रमण गर्न आएको समूहले     घरमा तोडफोड गरेको छ । सोमबार बेलुका धरान- १५ स्थित बेघाको घरमा भएको तोडफोडबाट झ्यालको सीसा फुटेको छ ।

Advertisement

उपमेयर बेघाले अराजक समूहले आक्रमण गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपनि प्रहरी नआएको बताए । ‘प्रहरी समयमा आएन’, बेघाले भने, ‘प्रहरी समयमै नआएका कारण अराजक समूह भाग्यो ।’ आक्रमणबाट घरमा सामान्य क्षति पुगेको उनले बताए ।

सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी भइरहेको बताए ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु