पोखरा । नवलपुरमा घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका बेला बाघको आक्रमणमा परि सासु बुहारीको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।
उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो । गाउँले र प्रहरीको सहयोगमा राती खोजी भएको थियो ।









