पोखरा । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको शालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको छ । समितिका सचिव अरुण
गिरीका अनुसार पोखरा महानगरपालिका-१० मा पर्ने यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो ।
Advertisement
२०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो । पछिल्ला समय स्थानीयले चोक बुच्चो भयो, सालिक हुनुपर्छ भनेपछि मनवीर गुरुङको अगुवाइमा सालिक पुनर्निर्माण समिति बनाएर काम गरेको गिरीले बताए ।
सालिक राखेपनि अरु काम बाँकी नै रहेको भन्दै गिरीले भने, ‘२०/२५ लाख बजेट लाग्ने अनुमान छ ।’








