महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित पक्राउ

 

१० पुस, सिन्धुली । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा शारदा थापालाई पोलमा बाँधेर कुटपिट गरिएको छ ।

Advertisement

प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।

त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको प्रहरिको भनाइ छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।

तर, त्यसपछि उनको मोबाइल समेत अफ भएको थियो ।

सिन्धुलीका एक प्रहरी अधिकृतका अनुसार, उनले अदालतमा गएर न्यायाधीश र अरुसँग भेटेर आफ्नो कुरा राख्ने बताएकी थिइन् ।

प्रहरीका अनुसार, यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत छन् । यद्यपि, हालसम्म प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । थप केही व्यक्ति छानबिनको दायरामा रहेको बताउँदै प्रहरीले उनीहरुको विवरण खुलाएको छैन ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु