बर्दिया — बर्दिया निकुञ्जका अनुसार २०५६ देखि ०८० मंसिरसम्म बर्दियाको सामुदायिक वन र खाता जैविक मार्गको क्षेत्र वरिपरि ३६ जनाको ज्यान गइसकेको छ ।
Advertisement
बाघको आक्रमणमा १८ जनाको ज्यान गएको छ । यस अवधिमा हात्तीको आक्रमणमा १ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार १ सय २५ वटा बाघ रहेका छन् । बाघ निकुञ्जबाट निस्केर सामुदायिक वनमा पस्ने गरेको छ । वन अधिकृत गुरुङले सामुदायिक वन र खाता जैविकमार्गमा बाघको बासस्थान हुन थालेपछि यस क्षेत्र जोखिम बनेको बताए ।
यसैगरी खाता जैविकमार्ग वन्यजन्तुको ओहोरदोहोर क्षेत्र भएकोले यस क्षेत्रमा पनि जोखिम छ ।









